भुकम्प प्रभावित स्थानमा सरकारको तर्फबाट सक्रिय भुमिकाको महशुस गरेका छौँ – सांसद विश्वकर्मा

everest kitchen

रुकुम । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले सरकारको तर्फबाट सक्रिय भुमिकाको महशुस गरेको बताएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आयोजना गरेको दोस्रो सर्वदलीय संयन्त्रको बैठकलाई सम्बोधन गर्दैन सांसद विश्वकर्माले यस्तो बताएका हुन ।

रुकुमको सन्दर्भमा सबैभन्दाबढी आठबिसकोट, सानिभ्री, त्रिवेणी लगायत समग्रमा जिल्लानै प्रभावित भएको बताउदै , “उद्धार, उपचार राहत हुदै पुन:निर्माणको प्रवेश गरेको यो अवस्थासम्म सहयोग गर्ने सम्पूर्ण उनलेे धन्यवाद व्यक्त गरे ।

त्यस्तै, सांसद विश्वकर्माले तुरुन्तै अस्थायी टहराको मोडल तयार गरेर अस्थायी बास निर्माणमा लाग्नुपर्ने बताएका छन् । अस्थायी बासको लागि स्थानीय स्रोत साधन प्रयोग हुने गरि अस्थायी टहराको मोडल तयार पारेर तुरुन्तै अस्थायी बासस्थान निर्माण गर्न लाग्नुपर्ने बताए । रुकुमका सबै कच्ची घरहरु जोखिममा रहेकाले उनीहरुको विस्थापन सहित भुकम्प प्रतिरोधत्मक नमुना बस्तीहरु निर्माण गर्नुपर्ने बताउदै, धेरै घरहरु ध्वंस भएर रुख फेददेखि पालसम्म सुत्नुपर्ने आवस्थासमेत रहेको उनले बताए ।

संसदीय राज्यव्यवस्था समितिलाई जाजरकोट हुँदै रुकुम पुर्याउने कुरामा आफूहरुले पहल गरेका थियौं, अब उक्त समितिले गरेको अध्यन अनुसार दिने सल्लाह, सुझाव र निर्देशन अनुसार सरकारले पनि तदारुकता दिने उनले विश्वास व्यक्त गरे ।

यस्तै, उनले भने, “स्थानीय सरकारले अब रुकुमबाट एकद्वार प्राणाली वैज्ञानिक र प्रभावकारी छ भन्ने प्रमाणित गर्नुपर्नेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा रुकुममा ध्यान परेकोले हामीले सचेतता अपाउनु पर्छ । राज्यको तर्फबाट अब के हुन आवश्यकता छ भने दाताहरु सहयोगी मात्रै हुन, बाँकी योजना र कार्यनयन लागि सरकारले नै गर्नुपर्ने भएकोले एकीन तथ्यांकसहित व्यवस्थापनमा लाग्नुपर्ने छ।”

साथै उनले, सामाजिक र राजनीतिक क्रान्ति हुने गरेकोमा अब प्राकृतिक क्रान्ति पनि गर्नुपर्ने बताए । जसको लागि आधुनिक र एकीकृत बस्ती निर्माण गर्न जरुरीसमेत रहेको उनले उल्लेख गरे ।