तामाङ घेदुङ मलेसियाले फेब्रुअरीमा २८६०औं सोनाम ल्होछार मनाउने

everest kitchen

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले सदाको बर्षहारुमा झैं यो बर्ष २०२४ फेब्रुअरी १० तारिखको दिन मञ्जुश्री संवत् २८६० औं  सोनाम ल्होछार मनाउने भएको छ ।

समाजले आइतबार क्वालालम्पुरको कोताराया स्थित थाली रेस्टुरेन्टमा भएको छलफल बाट ल्होछार मनाउने निर्णय गरेको थियो। बिगतको बर्षहरुमा जस्तै यो बर्षमा पनि चर्चित सेलो गायक/गायिकाहरु स्थानीय कलाकारहरुको साथमा सोनाम ल्होछार मनाउने बताएको छ ।

ल्होछार सम्पन्न बनाउन घेदुङ मलेसियाको अध्यक्ष मिलन थिङ्को अध्यक्षतामा संयोजक समिती बनाएको छ । त्यस्तै, आर्थिक संयोजकमा घेदुङ्का बरिस्ठ उपाध्यक्ष बिक्रम वाईबा,उपाध्यक्ष छेवाङ पाख्रीन र सह कोष अध्यक्ष युनिक तामाङ्लाई जिम्मेवार दिएको छ। त्यस्तै अतिथि सत्कारको संयोजक मिलन दोङ तामाङ,कलाकार संयोजक जि बि तामाङ रहेका छन् भने ल्होछारको लागि निमन्त्रणा गरिने कलाकारको नाम भने टुंगो लाग्न बाकी रहेको छ।

घेदुङ मलेसिया सन् २००५ देखि निरन्तर सामाजिक काममा सक्रिय रहदै आएको छ। स्थापनाकाल देखि अहिले सम्म तामाङ घेदुङ मलेसिया पनि श्रमिकले सम्झिने संस्था हो र अगामी दिनहरुमा पनि समस्य परेको श्रमिकहरुले घेदुङ मलेसियालाई सम्झिन अध्यक्ष मिनल थिङले अनुरोध गरेका छन् । संस्थाको क्षमता अनुसार समस्यामा परेका श्रमिकलाई सहयोग गर्ने पनि अध्यक्ष थिङले बताए।