रुकुमको सोती घटनाको मुद्दामा आजदेखि सुनुवाइ

everest kitchen

काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिम र जाजरकोटको सिमा नजिकै सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको सम्बन्धित मुद्दा बारे आज देखि सुनुवाइ हुने भएको छ ।

नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।

आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी युवतीलाई बिहे गर्न पुगेपछि गाउँलेहरुले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

सो घटना सम्बन्धमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् भने बाँकी धरौटीमा छुटेका थिए ।

साथै, उक्त घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा बनेको संसदीय समितिलेसमेत उक्त घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।