सुनको मुल्यमा नयाँ रेकर्ड

everest kitchen
file photo

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।