मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ

everest kitchen

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए ।

उनले भने, ” आजको दिनलाई इतिहासमा दर्ज गरेर राख्ने छौँ । रास्वपाको पहिलो औंपचारिक बिदेश यात्रा भएकोले यसलाई रास्वपाको इतिहासमा दर्जने गर्ने छौँ ।”

मलेसियामा गठित रास्वपाको तदर्थ समितिद्वारा आईतवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा भाग लिन उनी त्यहाँ जान लागेका हुन ।

क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, उनले भने, “यदी साच्चै नै तपाईहरु ३३/३४ बर्षदेखि तपाईं कुनै दलको आस्थावान हो भने एकपटक त्यो दललाई प्रतिपक्षमा राखेर हेर्नुस् । अनि थाहा पाउनु हुनेछ राजनीतिक अवस्था । त्यसैले परिवर्तन हुन जरुरी छ।

त्यस्तै, उनले फरक प्रसंगमा भने, “मेरो दलले कुनै बाटो बिराउछ भने मलाई मलेसिया प्रवेश निशेध गरिदिनु होला । जुनदिन रास्वपाले बाटो बिराउछ भने रास्वपाको सदस्यता च्यातेर समुन्द्रमा फालि दिनु होला । यहाँ बसेर तपाईंले विश्वास गरेका हाम्रो पार्टीका कुनै नेताले घात गरेछन् भने २४ घण्टा हैन १ घण्टा भित्र कारबाही गर्नेछौं । ”

निर्वाचित भएको ६ महिनामा हामी तपाईंको दुख देखेका छौँ । त्यसैले मलेसिया आएको छौँ उनले भने, तपाईंले रास्वपालाई भोट नदिए पैसा पठाउदैन भनेर जुन साथ दिनु भयो त्यहीँ नै हो परिवर्तन । अर्कोपटक भोट हाल्ने व्यवस्था यहाँबाटै हुन्छ त्यो नभएपनि आफै स्वदेशमा गएर भोट हाल्ने वातावरण सिर्जना हामी गर्छौँ ।”

“हामी राजनीतिको दोकानमा अर्को सटरमा दोकान खोल्न आएको हैन । अहिले पनि अन्य राजनीतिक दलका नेताहरूलाई राजनीति नगर्न नदिने हो भने उनीहरूको जिन्दगी नै चल्दैन । आलिसान जीवन शैली चार्टर जहाजको यात्रा कसरी सम्भव छ त्यो कुरामा अचम्मित छु उनले भने, ।”

साथै, सभापति लामिछानेले थपे, “संबिधानमा धेरै प्रश्नहरु छन । तर पनि विभिन्न बादमा बाडिनु, सिद्धान्तमा बाडिनु ठिक हैन । दशको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार नै हो । मेरो परिवारका कुनै सदस्यले राजनीतिक लाभ लिने छैनन् । मेरो राजनीतिक जीवन र चरित्रले जे दिन्छ त्यसैमा खुसी हुने बाचा परिवारलाई खुवाएर आएको हुँ।

यस्तै, मलेसियाका नेपाली राजदूत डिल्लीराज पौडेलसंग यसअघि देखिको मित्रता सम्झिदै सभापति लामिछाने भने, “तपाईं कुन परिवेश, प्रक्रियाले नेपाली राजदूतावास मलेसियाको राजदुतको मलेसियामा आउनु भयो? तर मलाई थाहा छैन। तर मेरो मित्र भएकोले म यति भन्छु मलेसियाका श्रमिकको पक्षमा राम्रो काम गरेर भोलि स्वदेश फर्किदा यहाँका नेपालीले गहभरी आशु पारेर विदाई गर्ने अवस्था बनाउनु होला ।”