स्वदेश फर्किए रामप्रसाद पुन

everest kitchen

मलेसियामा करिब दस बर्ष रोजगारीको सिलसिलामा बसेपनि समाजसेवामा अमेट छाम छाडेर रामप्रसाद पुन स्वदेश फर्किएका छन्् ।
मलेसियामा लामो बसाईको क्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ तथा अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज लगायतका संस्थामा जोडिएर इमान्दार समाजसेवीको रुपमा पहिचान बनाएर उनि स्वदेश फर्किएका हुन् ।
आफूले काम गर्ने ठाउँबाट बिदा पाउने बित्तिकै संस्थाले खटाएको काम होस वा समस्यामा परेका नेपालीहरुको सहयोगको लागि होस उनि कहिल्यै पछाडि हटेनन ।
शरिरको कद केहि सानो भएपनि मन भने उनको निकै अग्लो थियो । संस्थाले गर्ने हरेक हप्ता वा हरेक महिनाको कार्यक्रममा सबैभन्दा अगाडी पुगेर कार्यक्रमको तयारी गर्नुका साथै अन्य साथीहरुलाई पनि संस्थामा लागेर समाजसेवामा लाग्न उत्प्रेरणा दिने उनि घर फर्किने बेला यी सब कुराहरु ‘मिस’ गर्नेछन् ।
मलेसियामा कामको सिलसिलामा बसेर समाजसेवामा उत्तिकै खट्ने कति नै नेपाली होलान र ? अझ निर्विवाद रुपमा बर्षौ बिताउने त औंलामै गन्न सकिएला । उनि तिनै मध्येका एक थिए । अब उनी नेपालमा पनि उस्तै रुपमा रहलान वा फेरी बेरोजगारी वा परिस्थितिको कारणले अर्को देश जालान त्यो भविष्यले बताउला । तर, मलेसियामा उनि जत्तिको सफा मनको, जाँगरीलो र सामाजिक काममा उत्साहित भएर खटिने सदस्य सामाजिक संस्थाहरुले गाह्रो होला ।
उनि आबद्ध संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ लगायत संस्थाले उनलाई भव्य कार्यक्रमका बिच बिदाई गर्‍यो । मलेसियामा धेरै समयपछि संस्थागत रुपमा यसरि बिदाई कार्यक्रम भयो । यो उनले सामाजिक काम गरेबापत पाएको आय थियो । समाजले उनलाई दिएको धन्यवाद थियो । नत्र संस्थामा लाग्यो भन्दैमा, चर्चित भएँ भन्दैमा जो कोहिले कहाँ यसरि माया, सम्मान पाउँछ र ?