सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार

everest kitchen

मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ।

सन् २०१४ मा मलेसिया आएका बिक बिगत ६ बर्ष देखि अबैधानी रहदै आएको थिए। अबैधानिक रुपमा काम गर्दै गर्दा बिक लाई मधुमेह रोगले सताएपछि काम बिहिन भएपछि उपचार गर्न कुनै सम्भावना नभए पछि उनको सडकमा बास हुन पुगेको पिडित बिकले बताए।

बिक को उद्वारमा नेपाली राजदुतावास मलेसियाले निशुल्क ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो भने गौर आवसिए नेपाली संघ मलेसियाले सेल्टर हाउस उपलब्ध गराएको थियो । बाँकी लाग्ने खर्च सबै पिएनसीसी ले बेहोरेको पिएनसीसी प्रतिनिधि पुर्ण लिम्बूले जानकारी गराए।

त्यस्तै बिक नेपाल पुगे पछि उनलाई पिएनसीसीको सेल्टर हाउसमा राखिएको थियो । बिक परिवार बाट सम्पर्क बिहिन अबस्थामा रहेकोले मुसिकोट ९ का वडा अध्यक्ष भुमा गुरुङले जिम्मा लिई आफ्नो गृह जिल्ला लगेको पिएनसीसीले जनाएको छ । वडा पुगे पछि परिवारको पहिचान गरि जिम्मा लगाइने वडा अध्यक्ष गुरुङले जनाएका छन् ।