खड्क सुनार
मुगु ,१५ असार । हिमाली जिल्ला मुगुका युवायुवति तथा केही आमाहरु लाई डिजिटल साक्षरता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ ।
ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्र मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मुगु जिल्लाका सोरु गाउँपालिका र छाँयानाथ रारा नगरपालिकाका युवायुवतीहरुलाई एक दिने डिजिटल साक्षरता सम्बन्धि प्रशिक्षण गराइएको हो ।
डिजिटल साक्षरता कार्यक्रममा युवाका लागि आर्टिफिसियल इन्टलिजेन्स रिसर्च क्षमता, साइबर अपराध र सुरक्षा, भ्रामक र मिथ्या सूचना र मिडिया साक्षरताको विषयमा युवालाई प्रशिक्षण प्रदान गरिएको थियो ।
ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्रका अध्यक्ष नरेश शाहीका अनुसार इन्टरनेटको बढ्दो प्रभावसँगै युवालाई डिजिटल सूचनाबारे ज्ञान प्राप्त होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पछिल्लो समय मानिसहरु डिजिटल सुचनामा फस्ने गरेकाले यस्तो नहोस भनि यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
सामाजिक सञ्जालमा विभिन्न प्रकारका लोप , प्रलोभन देखाउने खालको प्रवृद्धि बढेको र त्यस बाट अज्ञात ब्यक्तिले फाईदा उठाउन खोज्ने , सामाजिक सञ्जालहरु लाई समस्या निम्त्याउनेजस्ता कारणले गर्दा डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रमले थप सशक्त बनाउने उनको विश्वास छ ।
यसमा संस्थाका अध्यक्ष नरेश शाही , कानुन ब्यवसायी प्रशान्तकुमार शाहीले प्रशिक्षण दिएका थि। उनले भने, `यही प्रविधि प्रयोग गरेर डिजिटल संसारमा नेभिगेट गर्ने (सञ्चार गर्ने) क्षमता हो, डिजिटल साक्षरता । प्रविधिको प्रयोग गरेर डिजिटल संसारमा कुनै सुचना लिने दिने, त्यसको मूल्याङ्कन गर्ने र आवश्यक परे भण्डारण गर्ने क्षमता डिजिटल साक्षरता हो ।´
`आजको प्रविधिको दुनियाँमा डिजिटल साक्षरता निकै नै आवश्यक र महत्त्वपूर्ण छ । यसले हामीलाई इन्टरनेटको दुनियाँमा रहेको बेलामा सभ्य रहन, सुरक्षित रहन मद्दत गर्दछ,` उनले भने ।
अहिलेको समयमा हरेक विषय सूचना प्रविधिसँग जोडिन्छ, अहिले युवाले सामाजिक सञ्जालमा आएका सूचना कुन सही हो र कुन गलत हो भन्ने छुट्टयाउन सक्नुपर्छ अध्यक्ष शाहीले भने । तथ्यांक लाई हेर्दा नेपालमा २५ बर्ष देखि ३९ वर्ष उमेर समुहका मानिसले बढि मात्रा ईन्टरनेट प्रयोग गरिरहेको जनाईएको छ ।
सहभागी मदन शाहीले प्रशिक्षणबाट सूचना प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने ज्ञान मिलेको बताए । आगामि दिनहरुमा युवाहरुलाई केन्द्रीत गरेर यस्ता किसिमका प्रशिक्षणलाई निरन्तरता दिइने बताए । कार्यक्रम ३० जना भन्दा बढिको सहभागिता रहेको थियो ।