एनआरएनए मलेसियाको सर्वपक्षिय भेलाबाट पारित भएको एकता अधिवेशन भाडिएको छ ।
अगस्ट ३० र ३१ मा हुने भनिएको एकता अधिवेशनमा एनआरएनएका सबै पदाधिकारीहरुले सहमति गरेर हस्ताक्षर गरेता पनि एक दिन पछाडि एक्कासी भाडिएपछि एकता संवाद भेलामा उपस्थित सबै अतिथिहरु आश्चर्य चकित भएका छन् ।
सबैजनाले सहमति जनाएर खुसि ब्यक्त गर्दै सकिएको बैठकको एक दिन पछाडि सहमति भाडिएपछि एनआरएनए अब फेरी दुई समूहमै बाडिने खतरा रहेको छ ।
सर्ब सहमति तय गरिएको मितिमा अधिवेशन नहुने र जुलाई २७ मै अधिवेशन गर्ने भन्दै आरके शर्मा समूहले विज्ञप्ति जारी गरीसकेको छ ।