भिएना। विभिन्न मितिमा र विभिन्न स्थानबाट हराएका ११ जना नेपाली नागरिकका राहदानीहरू फेला परेका छन्। ती राहदानीहरू स्थानीय प्रहरी र भियनास्थित क्रोएशियाको राजदूतावासमार्फत नेपाल दूतावास, भियनामा प्राप्त भएका हुन्।
नेपाल दूतावास, भियनाले आज एक सूचना जारी गर्दै ती राहदानी धनीहरूलाई आफ्नो राहदानी प्राप्तिका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।
दूतावासका अनुसार प्राप्त राहदानीहरूमा सुरज कुमार गिरि, गणेश गौतम, राजा राम गिरि (जसको ब्याग र त्यसमा रहेका व्यक्तिगत सामानहरू समेत), कुंगा राङरिग गुरुङ, अञ्जु लामा, कुमार परतेल, सूर्य आले, अजय सापकोटा, प्रमोद सिलवाल, तेजबहादुर कुँवर र रुद्र नारायण प्रधानका नाम रहेका छन्।
दूतावासले सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल दूतावास, भिएनाले हालैका वर्षहरूमा युरोपभर नेपाली नागरिकका हराएका राहदानी फेला पार्ने कार्यमा स्थानीय निकाय र अन्य मित्र राष्ट्रका दूतावासहरूसँग नजिक सहयोग गर्दै आएको जनाएको छ।











