मनामा (बहराइन), फागुन १६, २०८२ । मध्यपूर्व क्षेत्रमा हालै विकसित घटनाक्रमका सन्दर्भमा बहराइन सरकारका निकायहरूले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन र सूचनाप्रति ध्यान दिन तथा सुसूचित रहन नेपाली राजदूतावास ले बहराइनमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरेको छ।
राजदूतावासद्वारा जारी सूचनाअनुसार सुरक्षा संवेदनशीलताको अवस्थाप्रति सचेत र शान्त रहँदै सुरक्षित रहने उपाय तथा निर्देशनका सम्बन्धमा आ–आफ्ना कम्पनीबाट जारी हुने सूचनाबारे जानकारी राख्न समेत आग्रह गरिएको छ।
नागरिक सुरक्षालाई मध्यनजर गर्दै बहराइन सरकारको “MyGov” मोबाइल एप डाउनलोड गरी Siren Alert Feature सक्रिय गर्न अनुरोध गरिएको छ। साथै, अद्यावधिक सूचना बहराइनको National Civil Protection Platform (NCPP) मार्फत समेत प्राप्त गर्न सकिने जनाइएको छ।
कुनै आपत्कालीन अवस्था वा आवश्यक परेमा राजदूतावासमा निम्न माध्यममार्फत सम्पर्क गर्न सकिनेछ:
-
WhatsApp: +973-33394103
-
Mobile: +973-35067004, +973-33959611
-
Email: [email protected]; [email protected]
-
Messenger मार्फत समेत सम्पर्क गर्न सकिनेछ।
राजदूतावासले सबै नेपाली नागरिकलाई संयमित रहँदै आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न तथा अफवाहबाट टाढा रहन समेत आग्रह गरेको छ।












