कर्णाली प्रदेश समाज कान्साई जापानको अध्यक्षमा झरेन्द्र कुमार कवर निर्वाचित 

everest kitchen

क्योटो । कर्णाली प्रदेश समाज कान्साई क्षेत्र जापानको अध्यक्षमा झरेन्द्र कुमार कवर निर्वाचित भएका छन् । जापानको ओशाकामा आईतवार सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्षतामा २५ सदस्य जापान कान्साई क्षेत्रको समिति गठन गरिएको हो ।

समाजिक एकता ,समृद्धी र सुनशासनमा हाम्रो प्रति बद्धता” भन्ने नारासहित ओशाकामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा झरेन्द्र कुमार कवर उपाध्यक्षमा अम्मर सेजुवाल, लोक मान पुन मगर, सुरक्षा शाही सचिवमा प्रकाश रसाईली, सह-सचिवमा गणेश सिं ठकुरीर तारा रावल कोषाध्यक्ष नित्या खड्का, सह-कोषाध्यक्ष शान्ति ठकुरीलगायत चयन भएका हुन ।

त्यस्तै सदस्यहरू: कोपिला बम ठकुरी, मुक्ति सुवेधी, शुस्मिता शाही , चन्द्र बुढा क्षेत्री, बेशन भण्डारी , सुजन पुनमगर , अन्जली शाही ठकुरी , चक्र बहादुर वि.क., सुनिता शाही , सेतु बम ,कल्पना , निर्मल बुढाथोकी चयन भएका छन् ।

यस्तै सल्लाहकारमा दिलिप कंडेल, डा. भरत सिं नेगी,  नरेश ओली र रविन्द्र शाही चयन भएका हुन ।

 

नवनिर्वाचित कवरले सबैले विश्वस गरेर आफुलाई अध्यक्षपदमा निर्वाचित गरेको भन्दै धन्यवाद दिए । उनले, जापानमा कर्णाली प्रदेशको पनि समाज छ भन्ने आवास गराउने गरि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।साथै अधिवेशनमा उपस्थिति हुन नसकेकन समाजका अन्य सक्रिय सदस्यहरुलाई विभिन्न जिम्मेवारीमा मनोनयन गर्नेसमेत कवरले बताए ।

 

अधिवेशन कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष कृष्ण शाही विभिन्न संघसंस्थाका प्रतिनिधि  लगायत नेपालबाट जापानमा आएका कलाकारहरु बिष्नु खत्री लगायतसमेत उपस्थिति रहेको थियो ।

 

कर्णाली प्रदेश समाज सन २०२० देखि जापानमा खोलिएको हो । समाजले जापान स्थित  कर्णाली वासीलाई समेट्ने गरि विभिन्न समाजिक कार्यको उद्देश्य राखे छ ।