जापान । जापानको टोकियो देखि टाढा रहेका दुई शहरमा नेपाली राजदुतावास टोकियो जापानले घुम्ती राहदानी तथा विभिन्न कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ । । यो सेवा होक्काइदो र ओसाका शहरमा सञ्चालन हुन लागेको हो ।
घुम्ती सेवा नेपाली राजदूतावास जापानको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा क्षेत्रीय समितिहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गर्न लागेको एनआरएनए कान्साईका उप-संयोजक शंकर भुषालले जानकारी दिए ।
उप-संयोजक भुषालका अनुसार होक्काईदोमा स्थान निश्चित भएपनि ओशाकामा भने स्थान छनोटको काम भईरहेको छ । स्थान छनोट भएपछि तोकिएको मितिमा नै सेवा सञ्चालन गरिनेछ ।
घुम्ती सेवाका राहदानी नविकरण देखि विभिन्न कन्सुलर सेवा तथा प्रमाणपत्र प्रमाणीकरणको सेवा उपलब्ध आयोजक दुतावासले जनाएको छ
होक्काइदोमा सेप्टेम्बरको २० र २१ तारिख बिहान ९ बजेदेखि ४ बजेसम्म र ओसाकामा नोभेम्बर, १, २ र ३ तारिख बिहान ९ बजेदेखि ५ बजेसम्म घुम्ती सेवा सञ्चालन गरिनेछ । होक्काईदोमा सेवा लिन जानेले सेप्टेम्बर १२ अपरान्ह ४ बजे र ओशाकामा सेवा लिन जानेले अक्टोबर २४ अपराह्न ४ बजे Pre-enrollment फारम भर्न सक्नेछन् ।