मलेसियाका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी दिन छलफल कार्यक्रम

everest kitchen

मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
यहि अगस्ट २६ तारिख मंगलबारको दिन क्वालालुम्पुर स्थित मझेरी रेष्टुरेन्टमा छलफल कार्यक्रम सम्पन्न भएको हो । सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी तथा शिक्षित गराउन नेपालबाट सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बरष्ठि साहायक निर्देशक प्रेमबहादुर महतको उपस्थिति रहेको थियो ।
ग्लोबल आईएमई बैंकको प्रायोजनमा भएको कार्यक्रमको ब्यवस्थापन ग्लोबल आईएमइ बैंकका मलेसिया प्रमूख बाबुराम पौडेलले गर्नुभएको थियो ।

तस्बीर श्रोतः  फेसबुक (सामाजिक सञ्जाल)