गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए । आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो। अहिले उक्त क्षतिग्रस्त संरचनालाई भत्काउने काम सुरु गरिएको छ। भत्काइएको भवनको स्थानमा पुनर्निर्माणको तयारी भइरहेको जनाइएको छ।