काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं गोर्खाजल १२ ओभरको खेलमा दुई विकेट गुमाएर ८७ रन बनाएको हो ।
जनकपुर बोल्ट्सले १३१ रनको सामान्य लक्ष्य दिएको छ । अब जनकपुरविरुद्ध जित निकाल्न काठमाडौं गोर्खाजले ४७ बलमा ४३ रन बनाउनुपर्ने छ ।











