एनआरएनए मलेसियाको नेतृत्व विवाद टुगों लाग्न नसकेपछि आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपाने र आरसी (एसिया प्यासीफिक संयोजक) हरि भट्टराईलाई जिम्मा दिइएको छ ।
आज एनआरएनए मलेसियाको विवाद टुग्याउन बसेको बैठकमा दुबै अध्यक्षद्वय इन्द्रनारायण लिम्बु र आरके महतोले आ–आफ्नो बिचार ब्यक्त गर्दै एनआरएनए मलेसियाको नेतृत्व आफूले नै पाउनु पर्छ भन्ने अडान राखेपछि बैठकले निर्णय गर्न नसकेको हो ।
एनआरएनए आइसीसीको बिवाद साम्य भएर पनि नेतृत्वहरु एक भएर अगाडी बढि सकेको अवस्थामा एनसीसीहरुलाई पनि एकिकृत भएर अगाडी बढ्न पत्राचार गरेसँगै मलेसियामा पनि एनआरएनए एकिकरणको प्रयास पटक पटक भईसकेको छ । तर, सफल भने भईसकेको छैन ।
आज बसेको बैठकले उपाध्यक्ष न्यौपाने र आरसी भट्टराईलाई ३ दिन भित्र निर्णय गर्नुपर्ने म्यान्डेट दिएको छ ।











