पिएनसिसि मलेसियाद्वारा श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

everest kitchen

क्वालालम्पुर । पिएनसिसि मलेसियाको आयोजनामा आज मिति १ फेब्रुअरी २०२६ का दिन श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर तथा उप–सचिव कृष्ण भुषालले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि श्रम स्वीकृति नविकरण प्रक्रिया, आवश्यक कागजात, अनलाइन प्रणालीको प्रयोग तथा नविकरण गर्दा ध्यान दिनुपर्ने विषयमा विस्तृत जानकारी गराइएको थियो।

उप–सचिव भुषालले श्रम स्वीकृति नविकरणलाई समयमै पूरा गर्नुपर्नेमा जोड दिँदै यस प्रक्रियाले श्रमिकको हक–हित, सुरक्षा तथा वैधानिक हैसियत सुनिश्चित गर्ने बताउनुभयो। उहाँले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले कुनै समस्या आएमा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्न आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले प्रशिक्षण उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमले श्रमिकहरूलाई सजग र सचेत बनाउने बताएका छन्। पिएनसिसि मलेसियाले आगामी दिनमा पनि श्रमिक हितमा यस्ता जानकारीमूलक कार्यक्रम निरन्तर आयोजना गर्ने जनाएको छ।