Home समाचार राजनीति रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

everest kitchen

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ ।

उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’

साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा रहेको उल्लेख गर्दै उक्त कार्यक्रम सकिएलगत्तै समर्थक तथा शुभेच्छुकसँग भेट्ने जानकारी दिएकी छन् ।

उनका अनुसार करिब बिहान ११ः३० बजे बानेश्वरस्थित सहकारी विभागमा देशप्रेमी तथा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं । यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु । करिब ११ः३० बजे । हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है,’ उनले लेखेकी छन् ।