तेम्रो त्यो झुटो माया

everest kitchen

तेम्रो त्यो झुटो मायाले,
मन मेरो टुक्रायो।
हासो दिएको अभिनय गरेर,
भित्रभित्रै रुवायो।

शब्दमा मिठास धेरै थियो,
तर मनमा सत्य थिएन।
आँखाले सपना देखायौ,
तर साथ दिने इच्छा थिएन।

विश्वासको दीप बालेर,
अँध्यारोमा छोड्यौ मलाई।
माया गर्छु भन्दै फेरि,
अर्कैको बन्यौ तिमी।

आज पनि सम्झिन्छु म,
ती पुराना मिठा कुरा।
तर अब बुझिसकेको छु,
झुटो माया हुँदोरहेछ अधुरा।

अब तिम्रो यादभन्दा माथि,
मेरो आत्मसम्मान छ।
झुटो मायाभन्दा राम्रो,
एक्लोपनमै शान्ति छ।

कवि दिक्षान्स खड्का