बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६स्३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान डुबेर गम्भीर घाइते भएकी थिइन्।
स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। अस्पतालमा गरिएको परीक्षण ९ईसीजी० पछि साँझ करिब ७स्१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट सई विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वकोटोली पनि आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रियाका लागि खटिएको थियो।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










