चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

रौतहट - रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको चोरीको एउटा अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुर बाट गएको गस्ती टोलीले राजापुर नगरपालिका-३ डमार चौकमा चेकजाँचको क्रममा...

ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

सञ्जय मिश्रा रौतहट ‍- बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला...

प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा नष्ट

रौतहट २८ चैत । रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले बुधवार साँझ बौधिमाई नगरपालिका २ ईनरवा स्थित विआर ३० जे...

गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

पर्सा - दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार...

मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

विराटनगर - विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो। मोरङ प्रहरीले बुधबार...

कटुवा पेस्तोल तथा अवैध लागूऔषध गाँजासहित एक पक्राउ

रौतहट, २६ चैत । ईशनाथ नगरपालिका–१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका–४ टिकुलिया बस्ने २१ वर्षीय...

भरूवा बन्दुकसहित एक जना पक्राउ

बैतडी, २६ चैत । दशरथचन्द नगरपालिका–२ दल्लाबाट भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका छन् । सोही नगरपालिका–२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी देहिमाण्डौबाट...

हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिए, मालपोतमा जाँदा नभेटिएपछि पक्राउ

काठमाडौं - राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले...

निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं, चैत्र २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं, २५ चैत । जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् । नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् । जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको...