कालोबजारीबाट बरामद प्याज प्रति केजी ६० रुपैयाँमा बिक्री गरिने गरिने
काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीहरूबाट बरामद गरेको करिब १२ हजार केजी प्याज बिहीबारदेखि विक्रीवितरण गरिने भएको छ। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको बैठकले...
अबदेखि सहकारीले १४.१५ प्रतिशतभन्दा बढि सन्दर्भ व्याजदर लिन नपाउने
काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।
सन्दर्भ...
युट्युब लगायतका अनलाइन आम्दानीलाई राष्ट्र बैंकको मान्यता
काठमाडौं । युट्युब लगायतका सामाजिक सञ्जाल अनलाइन आम्दानीलाई राष्ट्र बैंकको मान्यता दिएको छ । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंक...
आलु र प्याज कालोबजारी गर्ने काठमाडौं कोटेश्वरका तीन व्यापारीको कारोबार रोक्का
काठमाडौं । काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको छ । आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको हो।
काठमाडौंको कोटेश्वर स्थित तरकारी व्यापारी विजेश...
गौतम बारे अन्यौल, खतिवडाले मन्त्रीसरह सुबिधा प्राप्त गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।
सोमबार...
सुदूरपश्चिमेली नेपाली समाज कोरियाद्धारा आपतकालीन कोषमा आर्थिक सहयोग जम्मा
कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका...
अबैध २० लाख नगदसहित तीन जना पक्राउ
बारा । स्रोत नखुलेको २० लाख रकमसहित बारामा तीन जना पक्राउ परेका छन् ।
बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार...
बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने
सुरेन्द्र महतो
बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...
सरकारले बढायो पेट्रोलको मूल्य
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल,...
भन्सार छली गरी ल्याएको लाखौँको औषधी बरामद
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।
हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी...










