रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाको घोर भत्र्सना
काठमाडौं । देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार...
देशभर मतदान सुरु
काठमाडौं । आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।
बिहानैदेखि...
मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री
निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् ।
अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही...
सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ
सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५...
पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार...
मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति
काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।
सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक...
सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने
सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न...
दयाराम कुमालको प्रश्न: “यदि केपी ओली दोषी हुन्थे भने चुनावअघि नै कारबाही किन भएन?”
क्वालालम्पुर — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपबारे टिप्पणी गरेका छन्।
कुमालले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा लेखेका...
यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की
मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।
सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज,...
निर्वाचन नजिकिँदै गर्दा सरकारी गाडी दुरुपयोग, कांग्रेस उम्मेदवारका लागि भोट माग्दै पालिका अध्यक्ष
हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सरकारी सवारीसाधन दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेआम चुनावी गतिविधि गरेको आरोप लागेको छ। उनले सरकारी गाडी प्रयोग...










