शिक्षकमा कोभिड संक्रमण देखिएपछि विद्यालय बन्द
काठमाडौँ । गोरखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शिक्षकहरूमा पनि कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले कोरोना संक्रमितहरको संख्या कमहुदै गएपछि...
आज सुनको मुल्यमा वृद्धि
काठमाडौँ । स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।
शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा...
अब औद्योगिक क्षेत्र फस्टाउछन्
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।
कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता...
नेकपामा फुट हुँदैन : उपाध्यक्ष गौतम
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए...
नेपालमा गएको २४ घण्टामा १ हजार ६ सय ७४ संक्रमित थपिए, निधन हुने ७...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ६७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ६७४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख १८...
महानगरले आइतबारदेखि नि:शुल्क पिसिआर परीक्षण गर्दै
काठमाडौं । काठमाडौं महानगरले पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पिसिआर परीक्षण गराउन...
पाँच दिनको लागि झुलाघाट सिमा नाका खोलिने
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो ।
यही मङ्सिर ८ गते देखि १२ गतेसम्म...
नेपालमा थप १ हजार ९ सय ४५ संक्रित थपिए
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि...
वडा अध्यक्ष मृत अवस्थामा फेला
कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका एक वडा अध्यक्ष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर...
कोभिड संक्रमितको नि:शुल्क उपचार नगर्न अस्पताललाई कारबाही गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए...