जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमालेका नेता विदुर शर्मा
काठमाडौं- नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।
भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।
प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध...
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
काठमाडौं । स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ‘स्ट्रिप च्याट’मा...
नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ ।
जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा...
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौँ । पोखरा महानगरपालिका-३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६...
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
काठमाडौं- दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का...
अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार
काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्।
काठमाडौं उपत्यका...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
बागलुङ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका-४ घर भइ हाल कपिलबस्तुको बाँणगंगा नगरपालिका-७ बस्ने ५१ वर्षकी दुर्गा...
भरतपुरमा अज्ञात समूहद्धारा स्कुल बसमा आगजनी
चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।
विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको...
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य...
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको...









