सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो...

झापाका दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले...

हुम्ला सडक सञ्जालसँग जोडिँदै

हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको...

तुइनकै भरमा तर्नुपर्छ कर्णाली नदी

हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा...

कोटेश्वर–जडीबुटी सडक निर्माण आगामी असारसम्ममा सम्पन्न हुने

काठमाडौँ। उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ । सो सडकमा निर्माणस्थल...

२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु...

काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित...

त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने

काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । "नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड" त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको...

ऐतिहासिक रानीपोखरी यस वर्षको तिहारमा खुल्ने

काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण...

गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक

विपेन उलङगे काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन...

त्रिवेणीमा सरसफाइ परिचयपत्र लागु : सरकारी सेवा लिन अनिवार्य सरसफाइ परिचयपत्र

विपेन उलङगे रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य सरसफाइ परिचयपत्र वितरण थालेको छ । शुक्रबार बसेको गाउँपालिकाको "खानेपानी, सरसफाइ तथा शुद्धता समन्वय समितिको बैठकले गाउँपालिका भित्र प्रत्येक घरधुरीलाई अनिवार्य सरसफाइ परिचयपत्र लागु गरेको घोषणा...