गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका...

राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै...

दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

काठमाडौं । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा...

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

बाजुरा । बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् । रातिको समय करिब...

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

जनकपुर । महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् । घारीबथानबाट खैरमारा हँुदै काठमाडौं जानलागेको ना६ख १४६४...

दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने...

भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते...

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी,...

शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका...