राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् ।
उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल,...
ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो
ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ ।
क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् ।
क्षेत्र...
मुगुमा कुल ६१.३८ प्रतिशत मत खस्यो
मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कुल ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ ।
मतदाता विवरण अनुसार, महिला मतदाताको संख्या ११ हजार ५८४ र पुरुष...
कर्णालीमा ५२ प्रतिशत मत खस्यो, मत पेटिका सदरमुकाम ल्याँइदै
सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो । कर्णालीका १२ निर्वाचन...
रौतहटमा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु गरिने
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय...
भयरहित वातावरणमा बाजुरामा निर्वाचन सम्पन्न, ४४ हजार बढी मत खसे
बाजुरा । बाजुरामा पहिलोपटक शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । २०४८ सालयता बाजुरामा हरेक निर्वाचनमा धाँधली,झैझगडा र बुथ कब्जा हुने गरेका थिए ।
यो निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न हुँदा यसलाई नमुना...
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।
यसैगरी...
शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
उनले यो निर्वाचनले जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान मद्दत गरेको बताएका छन्...
प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् ।
थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार...
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले जित्यो ‘आमा’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन्...











