बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक...

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर...

कोशी ब्यारेजमा ६ लाख क्युसेक जलसतह मापन, पुलमा यातायात बन्द

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार राति साढे ९ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई...

विपदमा मर्नेका सङ्ख्या ८७ पुग्यो, अझै ७२ बेपत्ता

काठमाडौँ,  असोज १२ गते । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा...

भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ । शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ । अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र...

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल...

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु- आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक...

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा...

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु...

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्दारमा प्रयोग

काठमाडौँ । गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ । शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकप्टर...