सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ...
आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक
चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा...
कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल
काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल...
झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा
काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ ।
महाशाखाका अनुसार झापास्थित चन्द्रगढी...
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा...
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेका हुन् ।
भेटका...
प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा...
आज र भोली रात्रि बस नचलाउन निर्देशन
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा...
पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जादै
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको...
आज विश्व पर्यटन दिवस मनाइदै
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो...











