अमेरिकासहित १० देशले गरे टीआरसी ऐनको स्वागत
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी...
एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।
गत असारमा सम्पन्न एकीकृत...
चाडपर्वमा कृतिम अभाव, कालोबजारी र मुल्यवृद्धि सह्य हुँदैन- गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणख गर्न निर्देशन दिएका छन् ।
चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले...
एमालेले बोलायो पोलिटब्युरो बैठक
काठमाडौं । नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ । विहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो ।
पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल...
पर्यटनमन्त्री पाण्डेले सोधे वायुसेवा निगमका अध्यक्षलाई ११ बुँदे स्पष्टीकरण
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री...
मुकेश अम्बानीको रिलायन्स र वाल्ट डिज्नको मर्जरलाई अनुमोदन
काठमाडौँ । भारतको प्रतिस्पर्धा नियामक, भारतीय प्रतिस्पर्धा आयोगले रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन गरेको छ । यो मर्जरपछि रिलायन्सको मिडिया साम्राज्य ८.५ बिलियन डलरको भएको छ ।
यो सम्झौता छ...
प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा...
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस...
एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा
काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो ।
सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।...
मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् ।
२०७७ भदौमा सचिवमा बढुवा भएका...










