पहिरोमा वेपत्ताको खोजीका लागि १२ जना भारतिय टोली बेलहिया हुदै नेपाल आयो
मोहम्मद हबिब
भैरहवा । गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।
रुपन्देहीको बेलहिया नाका हुदै राती १२ बजे ४ वटा...
उपसभामुख रानामगरविरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा...
फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा
काठमाडौँ । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेको अर्को टिम ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेले फिल्म बनाउने घोषणा गरेका छन् । यो टिमले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’को औपचारिक...
अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन
काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् ।
एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था...
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...
मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित
हेटौँडा | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम्मान गरेको छ।
कार्यक्रममा जिल्लाका ३७ विद्यालयका २ सय ५७...
अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय छ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी...
तीन प्रतिपक्षी दलको निष्कर्ष: ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो
काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।
शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार...
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा
काठमाडौं- ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्।
विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेको भेटिन्छ।
जडिबुटीहरूको मिश्रण रहेका त्यस्ता...











