महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय...

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  सो अनुसारको पत्र...

नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१...

प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए । प्रहरी संगठनलाई थप व्यवस्थित...

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्। बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् । उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत्...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ...

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

खानेपानी मन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा...

फिल्म ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको...

बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा...