जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमालेका नेता विदुर शर्मा
काठमाडौं- नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।
भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।
प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती...
सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ (एक) वटा गरी जम्मा २ (दुई) वटा मानव...
सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ ।
सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।
उक्त रिटलाई...
नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्यको सहमति
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर...
सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप
काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।
उनले एमालेका...
कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको...
संसदमा कांग्रेसको अवरोध जारी, प्रतिनिधिसभामा नाराबाजी
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।
नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन...
अछाममा सवारी दुर्घटनामा परी दुई पत्रकार घाइते
धनगढी । अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन्। कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार...
अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीको बल प्रयोगको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनमा सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विहिबार...











