लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर

बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् । लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका...

सञ्चार सचिव अर्यालद्वारा पदबहाली: साइवर सुरक्षामा ध्यान दिन आवश्यक

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव डा बैकुण्ठ अर्यालले पदभारग्रहण गरेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव अर्यालले पदभार सम्हाल्दै सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित...

तरकारी किन्न नसक्ने गरी मूल्य बढ्यो

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो । कोरोनाका...

महाकाली तुइन घटना : छानबिन समितिद्वारा मन्त्रीसँग छलफल

काठमाडौँ। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले...

भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित थप

एजेन्सी। भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१...

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले राजीनामा दिए

काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका...

लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिएका छन । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय...

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

  लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण...

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग

  काठमाडौँ । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार...

सर्पले टोकेमा अपनाउनु पर्ने घरेलु उपाय

काठमाडौँ । कुनै असावधानी वा अन्जानमै सर्पले टोकेमा के गर्ने ? सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता छन् । – घाइतेलाई सुत्न (निदाउन) नदिने ।- सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक...