नागरिकता विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक...

बुटवलका मेयरमाथि मुक्का प्रहार (भिडियोसहित)

बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि स्थानीयले हातपात गरेका हुन । गत भदौ १३ र १४ गते...

शून्य लागतमा मलेसियामा रोजगारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा। झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक...

१८०० वर्षअघि गाडिएको ५५०० चाँदीका सिक्का भेटिएपछि

एजेन्सी । पुरातत्वविद्हरूले नदीको गहिराइमा यस्तो सिक्काको थुप्रो फेला पारेका छन्, जुन देखेर उनीहरू छक्क परेका छन् । यी सिक्काहरू १८०० वर्षअघि नदीमा गाडिएको विश्वास गरिन्छ। पुरातत्वविद्हरूले जर्मनीको अग्सबर्गमा यी सिक्काहरू फेला पारेका छन्। नदीको...

वान एक्सवेट डटकमका नाममा विज्ञापन दिई कारोबार नगर्न अपिल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी...

मलेसियामा “किराँत याक्थुङ चुम्लुङ मलेसिया”को देउसीभैलो कार्यक्रम

काठमाडौं । मलेसियामा "किराँत याक्थुङ चुम्लुङ मलेसिया"को देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुर आसपासमा संस्थाले देउसीभैलो कार्यक्रम गरेको हो । देउसीभैलोबाट संस्थाले ६ हजार ६०० रिङ्गेट झन्डै १ लाख ८५...

भारतमा पहिलोपटक आदिवासी जनजाति महिला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५...

पर्सामा कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

  पर्सा। कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान...

पत्रकारले पारिश्रमिक नपाएको गुनासो

  रसुवा।निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष यहाँका पत्रकारले उक्त गुनासो...