काठमाडौं, २५ जेठ । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् ।
नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको मृत्युु बारे समेत इतिहासकारका...
काठमाडौं, २५ जेठ । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित...
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र एमालेबीचको सहमति बमोजिम अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण...
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह...
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभा बैठक अब भोलि २ः०० बजे बस्नेछ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरले बैठक स्थगित...
NRNA NCC-पोर्चुगल अब जुलाई ८ मा महाधिवेशन गर्ने
लिस्बन, पोर्चुगल | ०७ जुन २०२५ –गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल (NCC-Portugal) ले आफ्नो आगामी राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ। यसअघि जुन ६, २०२५ मा हुने भनिएको महाधिवेशन अब आगामी जुलाई ८, २०२५ मा हुने जानकारी सार्वजनिक गरिएको छ।
"नेपालीका लागि नेपाली" भन्ने नारासहित सन् २००६ देखि पोर्चुगलमा क्रियाशील...
पेनाङ, जुन ७ – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ शहरमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै घुम्ती कन्सुलर सेवा सुरु गरेको छ। शनिबारदेखि सञ्चालनमा आएको उक्त सेवा पुलाउ पेनाङस्थित सनसाइन स्क्वायर, लेभल ४, बैंक्वेट हलमा जारी रहेको छ।
नेपाली राजदूतावासका अनुसार पहिलो दिनमै करिब १४५ जना सेवाग्राहीले विभिन्न कन्सुलर सेवा प्राप्त गरेका छन्। सेवा आइतवार (भोली) सम्म सञ्चालन हुनेछ।
यस घुम्ती कन्सुलर...
काठमाडौं, २३ जेठ । हाउसफुल फ्रेन्चाइजको फिल्म भनेको हँस्नु, हाँस्नु र मनोरञ्जन गर्नु हो।
आफ्नो दिमागलाई घरको फ्रिजमा राख्नुहोस्, आफ्नो तर्कलाई डेटमा पठाउनु होस् र साढे दुई घण्टामा सबै तनाव बिर्सनु होस्। यो फिल्मले पनि त्यस्तै गर्छ, ट्रेलर भने खासै बलियो नभए पनि फिल्म भने राम्रो बनेको छ । पहिलो हाफ उत्कृष्ट छ, दोस्रो हाफ राम्रो छ र समग्रमा फिल्म...
मुम्बई, २३ जेठ । दीपिका पादुकोणले हालै आफ्नो पहिलो सन्तानलाई स्वागत गरेकी छिन् र उनी पहिलो सन्तानको हेरचाहमा ब्यस्त रहेकी छिन् ।
तर रिपोर्टका अनुसार उनले आफ्नो व्यक्तिगत जीवनमा यतिखेर भने निरन्तर असफलताको सामना गरिरहेकी छिन् । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’ बाट अभिनेत्रीलाई ‘ड्प’ गरिसके पछि पछिल्लो समाचार यो आएको छ कि उनलाई प्रभास स्टारर ‘कल्कीः २’ बाट पनि हटाइएको...
हैदारावाद, २४ जेठ । रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् ।
उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् ।
यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा...

















