Home Blog Page 674
काठमाडौँ । जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए । यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल...
काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ । अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता-आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा...
आजको राशिफल बि.सं.२०८१ भदौ २३ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर ०८ नेपाल सम्बत ११४४ ञंलाथ्व पञ्चमी कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल पञ्चमी, चन्द्रमा तुला राशिमा,स्वाती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४६ बजे, सूर्यास्त साँझ ०५: १६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका...
काठमाडौँ । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै बीएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो । विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१...
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । जसमा सिराहा, कर्जन्हा नगरपालिका-१० बस्ने ४५ वर्षीय बिहारी मुखियाको गोठबाट अवैध लागूऔषध गाँजा करिब २ सय १७ किलोग्राम सहित भारत मधुबनि बलरा थाना-१२ बस्ने २० वर्षीय किसुन मुखिया समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र...
क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के महतो लाई कार्यकारी अध्यक्ष चयन गरे पछि अहिले बिवादित बनेको छ। २०२३ जुलाईमा सम्पन्न अधिवेशन बाट बिनोद थापाको नेतृत्वमा कार्य समिती बनेको थियो भने अधिवेशन पुर्व...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुभकामना दिन चाहन्छु । नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको भन्दै ओलीले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा...
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए । नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै...
- Advertisement -

POPULAR POSTS