Home Blog Page 776
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्। दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल,...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरेका...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबि गरेका छन् । पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धि काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापुर्वक लिन आग्रह गरेका...
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन् । उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समिक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए ।  प्रचण्डबाट आफुहरुले संयमताको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । “यो संविधानमा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् । उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र...
सञ्जय मिश्रा, रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन । मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी...
सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हाईस गाडीको गति अनियन्त्रित भइ सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाईते भएका छन् । विपद् व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको तत्कालै उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोटतर्फ पठाएको...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए ।
- Advertisement -

POPULAR POSTS