काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।
कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् । कंगनालाई गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्नेक्रममा यो...
काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।
उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।
न्यौपानेले विहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।
उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् ।...
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण...
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहिबार) एक बिज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्ने जनाएका छन् । समाजिक न्याय, सुशासन सहित आम जनताको सर्वोच्चताका लागि सक्रिय...
भैरहवा । लुम्बिनी आई ईन्स्टिच्युट भैरहवाले आफ्नो ठेक्का प्रक्रिया नियम संगत रहेको दावी गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया कक्षको टेन्डर प्रक्रियामा बदनियत राखी आर्थिक चलखेल गरिएको भन्दै केही निर्माण व्यवसायीहरुले विरोध जनाएपछि अस्पताल प्रसाशनले पत्रकार सम्मेलन गरी आरोपको खण्डन गर्दै ठेक्का प्रक्रियामा आफुहरु...
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यम पेश गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि...
काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज इमर्जिंग नेपाल लिमिटेड, भगवती हाइड्रो...
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।
खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।
जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा...
भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् ।
यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा विउ हालेका थिए । त्यसपछि...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।
यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा...

















