जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार...
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बोलाइएको छ ।
आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ ।
त्यस्तै आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि...
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि...
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।
समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए...
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरु र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग...
काठमाडौँ जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।
आज पहिलो खेल समुह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आज दोस्रो खेल समुह बी मा...
आजमिति २०८१ साल जेठ २४ गते बिहिवार तदअनुसार जुन ५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको अमावश्या तिथी, भरणी नक्षत्र, । घृति योग । चन्द्र राशि वृष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०६:५७ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष...
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।
कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।
पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।
प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ ।
आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए । उनले...
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् । विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएको जानकारी दिएको छ ।
नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत...

















