सञ्जय मिश्रा
रौतहट- रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० देखि ४० हजारसम्म खर्च लाग्छ भनेर सयौं मानिसलाई...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ ।
सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो । सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । अहिले केहि स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको छ...
काठमाडौँ । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ...
काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।
गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए ।...
काठमाडौँ । क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।
मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।
शोरचिल एक...
काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ ।
नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा किसानको हात: प्रदेशको साथ, व्यावसायिक...
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ ।
यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।
यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद...
काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।
युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।
भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए ।
२३ बर्षिय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ खेलमा...
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । एमाले मकवानपुरको १२ औँ अधिवेशनबाट पोखरेल फराकिलो मतान्तर सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । हालै सम्पन्न मतगणनाको परिणाम अनुसार पोखरेलले ३ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिद्वन्दी ईन्द्रमान स्याङतानलाई ५१ मतले पछि पार्दै उनले जीत हासिल गरेका हुन् । स्याङतानले २ सय...
काठमाडौँ । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
९३ वर्षीय मर्डोकले गत बर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन् । उनको भने यो तेस्रो विवाह हो ।
मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।...

















