काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ५९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप २ सय ५९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ६२५ रहेको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
त्यस्तै मंगलबार ६५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १५ हजार २६ जना पुगेका छन ।
त्यस्तै नेपालमा हालसम्म ५८ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । मंगलबार थप १ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।