मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग

everest kitchen

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो ।

अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गर्ने बताएको छ । अब दुई बर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुला हुने भएको छ । मन्त्रालयले कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । यद्यपि गत २८ जनवारीदेखि मलेसियाले विभिन्न क्षेत्रमा श्रमिक लिन सुरु गर्ने निर्णय गरेको थियो ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेपछि मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको हो ।

मलेसिया स्थित रोजगारदाताले मागपत्र प्रमाणीकरण गरेर नेपाल स्थित मेनपावर व्यवसायी मार्फत श्रमिक लिन सक्नेछन् ।

मलेसियामा नेपाली श्रमिकको माग हुने क्षेत्रमा श्रमिको अभाव चर्किएको छ । मलेसियामा सुरक्षा गार्डका रुपमा मलेसियन नागरिक र नेपाली नागरिकले मात्रै काम गर्न पाउँछन् । तर, धेरै श्रमिक करार अवधि सकाएर नेपाल फर्किएकाले सुरक्षाको क्षेत्रमा श्रमिक अभाव भइसकेको छ ।

मलेसियाको रोजगारी खुलेपछि श्रमिक नठगिने गरी वातावरण बनाउनुपर्ने अवस्था रहेको श्रमिक अगुवाहरु बताउँछन् ।