समय थप्दा पनि एनआरएनए मलेसियामा सहमति जुटन सकेन, मलेसियामा पहिलो पटक एनआरएनएको चुनाव हुने

everest kitchen

हिमाल टाइम्स ।
क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव पदमा उम्मेदवारी फिर्ताको लागि समय जुलाई २४ तारिखसम्म थप्दा पनि सहमति जुटन नसकेपछि चुनाव हुने भएको छ ।
यहि जुलाई ३१ तारिख हुने महाधिवेशनमा एनआरएनए मलेसियाले पहिलो पटक निर्वाचन गर्ने भएको छ । यहि जुलाई २२ तारिखसम्म उम्मेदवारीको लागि अन्तिम मिति राखेकोमा उक्त मितिमा सहमति नभएपछि निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली निकालेको थियो । तर, निर्वाचन गराउदा खर्चिलो र झन्झटीलो हुने भएपछि निर्वाचन समितिले पनि सहमतिमै कार्यसमिति चयन गराउन खोजेको थियो ।
यस भन्दा अगाडीका अधिवेशनमा सहमति, भागबन्डा वा लेनदेनमा बिना निर्वाचन पदाधिकारीहरु चुनिए पनि यस पटक भने कुनै पनि कुरामा सहमति जुटन नसक्दा निर्वाचन हुने भएको हो ।
अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी बिनोदबहादुर थापा, राकेशप्रसाद महतो र सन्तोष कार्कीको उम्मेदवारी परेकोमा सन्तोष कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
अब अध्यक्ष पदमा बिनोदबहादुर थापा र राकेशप्रसाद महतोको मात्र उम्मेदवारी रहेको छ । त्यसैगरी महासचिवमा टेकबहादुर अधिकारी र बिमल राना बिच प्रतिस्पर्धा हुने भएको छ ।