एनआरएनए मलेसियामा भागबन्डा–अध्यक्षमा पालैपालो, महासचिवमा टेकबहादुर अधिकारी

everest kitchen

हिमाल टाइम्स
क्वालालुम्पुर । २४ जुलाईको रातारातको छलफल पछि एनआरएनए मलेसियामा अध्यक्ष पदको भागबन्डा मिलेको छ ।
एनआरएनए मलेसियाको भागबन्डा मिलेसँगै पहिलो एक बर्षे कार्यकालको अध्यक्ष बिनोदबहादुर थापा हुने भएका छन् भने आर्के एक बर्ष राकेशप्रसाद महतो हुने भएको छन् । महासचिवको पदमा भने टेकबहादुर अधिकारी चुनिएका छन् । । उनका प्रतिद्वन्दी बिमल रानाले सहकोषाध्यक्ष पदमा चित्त बुझाएपछि टेकबहादुर अधिकारी स्वत: महासचिव बनेका हुन् ।
अध्यक्ष पदको भागबन्डा मिलेपनि केहि कुरामा भने अझै अस्पष्टता बाकी नै रहेको छ । पहिलो कार्यकालको अध्यक्ष बिनोदबहादुर थापा भनि रहदा एक पक्षले भने दुबैजनालाई एकै पटक अध्यक्ष राख्नुपर्ने कुरा गरिरहेका छन् भने केहिले अहिले राकेशप्रसादलाई अन्य कुनै पदमा राखेर एक बर्षपछि अध्यक्ष पद दिनुपर्ने बताईरहेका छन् ।
एक श्रोतका अनुसार एक बर्षपछि राकेशप्रसादलाई अध्यक्ष दिनको लागि बिनोदबहादुर थापाले मात्र सहमति गरेर अन्य पदाधिकारीले नमानेको अवस्थामा फेरी विवादको अवस्था आउन सक्ने कुरालाई मध्येनजर गरेर अहिले नै दुई अध्यक्षको घोषणा गर्न जोड बल गरिदैछ ।
एनआरएनए मलेसियाको अन्य पदमा निर्विरोध भएता पनि केहि पदमा भने उम्मेदवारी नै परेन । एनआरएनए मलेसियाको निर्वाचन समितिको आधिकारीक विज्ञप्ति आउन बाकी छ ।