एनआरएनए मलेसियाको आठौं अधिवेशन जुलाई ३० मा

everest kitchen

क्वालालम्पुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाको आगामी २०२३-०२५ दुई बर्षे कार्यकालको लागी जुलाई ३० मा क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा  हुने आठौं अधिवेशनको तयारी सबै पूरा भएको छ।

कार्यक्रमको तयारी सबै पूरा भएको र अधिवेशनको अवसरमा नेपालबाट ख्याती प्राप्त कलाकार आनन्द कार्की,शोभा त्रीपाठि,नम्रता सापकोटा र एलिना रायमाझी लगायत स्थानीय कलाकारहरुकोको साथमा साँस्कृतिक कार्यक्रम पनि हुने संघले जनाएको छ ।

उक्त कार्यक्रममा मलेसियाका लागि महामहिम राजदुत डिल्ली राज पौडेलको प्रमुख आतिथ्य र एनआरएनए एन सिसिका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न हुन लागेको निर्वाचन कमिटी संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए।

साथै सोही अधिवेशन कार्यक्रममा मलेसियामा श्रमिकको क्षेत्रमा सक्रिय रहि नेपाली श्रमिककै निम्ति पत्रकारिता गर्दै आएका पत्रकार ,सञ्चारकर्मी , त्यस्तै मलेसियाबाटै पनि फुटबल खेल क्षेत्रमा योगदान पुर्याई नेपालको नाम उच्च राख्ने खेलाडी रहरु , निर्वाचन समिति लगायतका विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिने कार्यक्रम समेत तय भएको महासचिव क्षेत्रीले बताए ।

एनआरएनए मलेसियाका अध्यक्ष बिनोद बहादुर थापाले अधिवेशनको सबै तयारी पूरा भैइसकेको बताउँदै अधिवेशनमा यहाँ कार्यरत नेपाली श्रमिकहरु , व्यापारी , ब्यावसायी , पुर्व एनआरएनए अभियान्ता , समाजसेवी लगायत सबै नेपालीलाई अधिवेशन कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेका छन ।