अधिवक्ता पाण्डे र एसएसपी कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा

everest kitchen

काठमाडौं । विवादस्पद अभिव्यक्ती दिने भगवती पाण्डे ‘शीतल’ र एसएसपी दान बहादुर कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा उत्रेका छन ।

गत साउन १९ का दिन जिल्ला प्रहरी टेकु काठमाडौस्थित अभियुक्त पाण्डेलाई तत्काल पक्राउको माग गर्न शान्तिपूर्ण खबरदारी कार्यक्रममा सहभागी आन्दोलनकारीहरुलाई एसएसपी दान बहादुर कार्कीको निर्देशनमा अनावश्यक बल प्रयोग गरि पक्राउ गरि चरम यातना दिई घाइते बनाइएको भन्दै नेपाल तामाङ घेदुङ र मगरसंघको आयोजना हिजो माईतिघरमा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा हजारौँ तामाङ, मगर लगायत आदिवासी जनजातीहरु सडकमा उत्रिएका थिए ।त्यसैगरी आज नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई गम्भीर ध्यानाकर्षणसमेत गराएका थिए ।

पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले पक्राउ नगरेको कारण यी सबै घट्नाको रुप लिनु दोषी प्रहरी रहेको प्रदर्शनकारीहरुको दाबी छ । विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई कारबाही हुनुपर्ने, एसएसपी दान बहादुर कार्कीलाई बर्खास्त गर्नुपर्ने र घाइतेको उपचार राज्यले गर्नुपर्ने माग उनीहरूको छ ।

गत साउन ८ का दिन प्राइम टेलिभिजनद्वारा प्रासरित चिया गफ कार्यक्रममा अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायमा दाजुबहिनी बिच विवहाँ हुन्छ र ती जोडीबाट जन्मिएका सन्तानहरु अपराध जन्य गतिविधिमा अग्रसर हुन्छ भन्दै जनावरसँग तुलना गर्दै भ्रमिक तथ्यहिन अभिव्यक्ति दिएका थिईन ।