नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले २९ औं बिश्व आदिवासी दिवस मनाउने

everest kitchen

क्वालालम्पुर । नेपाल आदिवासीजनजाति महासंघ मलेसिया शाखाले २९ओैं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

अगस्ट १३ तारिख आईतवारका दिन राजधानी क्वालालम्पुर स्थित एनआरएन मलेसियाको कार्यलय स्थित सभाहलमा दिउसोको २:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको उल्लेख्य उपस्थित संगै राजदुतावास मलेसियाको प्रमुख आतिथ्यता रहने बताएको छ ।

त्यस्तै, कार्यक्रममा विभिन्न जातीय मौलिक नृत्य संगै स्थानीय कलाकारको प्रस्तुतिसमेत रहने महासंघका मलेसिया शाखा अध्यक्ष विपन राईले जानकारी दिए ।